भारत उत्तर प्रदेशको इटवामा एक यूवकको निर्ममतापुर्वक हत्या गरिएको छ। इटवाको अलकापुरी टोलमा बस्ने प्रतिक नामका यूवाले आफ्नै साथी सईद अहमदको हत्या गरेका हुन्। प्रहरीले हत्याको आरोपमा प्रतिकलाई पक्राउ गरिसकेको छ।
आरोपीका अनुसार अहमदले आफ्नो आमाको गहना चोरी गरेका थिए। बारम्बार आग्रह गर्दा पनि अहमदले गहना फिर्ता नगरेपछी हत्या गरेको उनले बयानका क्रममा स्विकारेका छन्।
अहमदले आफ्नो आमाको गहना चोरेको थाहा पाएपछी प्रतिकले भेट्न बोलाए। उनीहरु दुवैजना मिलेर नशालु पर्द सेवन गरे। प्रतिकले त्यसै क्रममा अहमदलाई नशाको कडा इन्जेक्सन दिए। त्यसपछी प्रतिकले चक्कुले अहमद नशाले बेहोस भएको मौकामा घाँटी रेटिदिए। त्यति गर्दा पनि अहमदको सास चलिरहेपछी प्रतिकले टाउकोमा काँटी ठोकीदिए। त्यसपछी अहमदको मृत्यू भयो।
हत्या गरेपछी प्रतिक त्यहाबाट भागे। प्रहरीले अहमदको शव भोलीपल्ट मात्र भेटेको थियो। प्रहरीले अनुसन्धानको क्रममा प्रतिकलाई पक्राउ गरेर कडाईका साथ सोधपुछ गरेपछी प्रतिकले अपराध स्विकारेका थिए।
ै