उत्तर प्रदेशको रामपुरमा एक सरकारी डाक्टरको शव शंकास्पद अवस्थामा फेला परेको छ। डाक्टर बिएम नागरको शव उनको सरकारी क्वार्टरमा शंंकास्पद अवस्थामा फेला परेको हो। उनको शव स्वास्थ्य विभागका कर्मचारीहरुले फेला पारेका थिए।
डाक्टर नागरको शव उनको गाँउ पठाउने तयारी भइरहेको बेलामा प्रहरी पुगेपछी शव क्वार्टरमै राखिएको थियो। पछी नागरका परिवारले शवको पोष्टमार्टम नगर्न प्रहरीलाई लिखित पत्र दिएपछी शव आफन्तको जिम्मा लगाइएको छ। पोष्टमार्टम नगरी शव जिम्मा लगाउने प्रहरीको निर्णय बिवादास्पद बनेको छ।
डाक्टर नागरले आफ्नो ज्यानमाथी खतरा रहेको बताएका थिए। उनको केहिदिन अघि स्थानिय जिल्ला अस्पतालमा एक नर्ससँग बिवाद भएको थियो। बिवादका क्रममा नर्सले थप्पड हानेपछी नागरले पनि ती नर्सलाई थप्पड हानेका थिए।
घटनापछी नागरको सेवा समाप्त गरिएको थियो भने नर्स निलम्बनमा परेकी थिइन। घटनाको केहि दिनपछी डाक्टर नागरले प्रहरीलाई पत्र लेखेर आफ्नो ज्यानमाथी खतरा रहेको जानकारी दिएका थिए।
यता अस्पताल श्रोतले भने डाक्टर नागरको मृत्यू प्राकृतीक देखिएको बताएको छ। नागर उच्च रक्तचाप र सुगरका बिरामी थिए।