गण्डकी प्रदेश सासंद दिपक मनाङेले पुर्वडिआइजिलाई पागलको संज्ञा दिएका छन्। मनाङे गण्डकी प्रदेशको खेलकुद मन्त्री बनेपछी रमेश खरेलले मनाङेलाई ‘फ्याउरे डन’को संज्ञा दिएका थिए। मनाङेले त्यसैको जवाफमा खरेललाई मानसिक सन्तुलन गुमाएको मान्छे भनेका हुन्।
सांंसद मनाङेले रमेश खरेल जटिल मानसिक रोगको बिरामी भएको प्रतिक्रिया दिए। ‘यो बिरामी लाग्दा पहिला यो खोरभित्र गएर सोझासाझा केटाहरुलाई कुट्थ्यो,’ उनले भने – ‘अब चाँहि यसलाई रिस उठ्दा घरमा गएर स्वास्नी कुट्छ।’ खरेललाई उपचारको जरुरत भएको सांसद मनाङेले प्रतिकृया दिए।
रमेश खरेलप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका मनाङेले उनलाई आफ्नै श्रीमती मार्न सक्छ भन्दै आरोप समेत लगाए। उनले खरेल पहिल्यैदेखी सन्की स्वभावको रहेको बताए। रमेश खरेल अपहरणमा समेत संलग्न रहेको आरोप लगाउदैँ मनाङेले भने – ‘यसले अपहरण गरेकै हो, बरु मैले उसलाई जोगाए।’
खरेल राजनितीमा आउन चाहेकोप्रति टिप्पणी गर्दै सांसद मनाङेले भने – ‘यो पैसा खर्च गरेर समानुपातिकमा आउन सक्छ। तर, संसद भवनभित्र यसले भनेको कसैले मानेन भने सबलाई गोली हान्न सक्छ।’
याे पनिः दिपक मनाङेको मन्त्री पद खुस्कियो