कोरोनाका कारण चर्चित अन्डरवल्र्ड डन छोटा राजनको मृत्यू भएको छ। तिहाड जेलमा रहेका उनलाई कोरोना संक्रमण् भएपछी २६ अप्रिलमा अस्पताल भर्ना गरिएको थियो। सन् २०१५ मा पक्राउ परेका उनको शुक्रबार मृत्यू भएको प्रहरीले जानकारी दिएको छ।
मुम्बईमा हत्या र असुलीसँग सम्बन्धित करिव ७० वटा मुद्दामा संलग्नता रहेको अभियोग लागेका राजन नेपालमा भएका केही हाइप्रोफाइल हत्यामा संलग्न थिए। मिडिया उद्यमी जमिम साह, मिर्जा दिल सादवेगको हत्या एवं केन्द्रीय कारागारभित्रै युनुस अन्सारीमाथि आक्रमण गर्ने कार्यक्रमा राजनको समूह संलग्न रहेको थियो।
यस्तै भारतको बिहारका सांसद तथा डन सहाबुद्दिनको पनि कोरोना संक्रमणका कारण मृत्यू भइसकेको छ भने मस्ट वान्टेड डन दाउद इब्राहिमका भतिजाको पनि जेलमा नै कोरोनाका कारण मृत्यू भइसकेको छ। शीना बोरा हत्याकाण्डकी आरोपी इन्द्राणी मुखर्जी पनि कोरोनाको शिकार भइसकेकी छन्।
दाउद इब्राहिम र उनकी श्रीमती समेत कोरोनाबाट संक्रमित भएको भारतिय गुप्तचरहरुले खबर पाएका थिए। दाउद दम्पतीले पाकिस्तानको कराँचीस्थि आर्मी अस्पतालमा उपचार गराएको भारतीय गुप्तचरहरुले खबर दिएका छन्। भारतको जेलमा रहेका दाउदको समुहका अन्य सदस्यहरु समेत कोरोना संक्रमित भएका छन्।