कोरोनाभाइरसको बढ्दो संक्रमणसँगै भारतमा भयानक दृष्यहरु देखिन थालेका छन्। उत्तर प्रदेशको यमुना नदीमा दर्जनौ शवहरु बगेर आइरहेका छन्। हमीरपुर जिल्लाको यमुना नदीमा दर्जनौ शवहरु बगेर आइरहेको खबर पाएपछी प्रहरी घटनास्थलमा पुगेको थियो।
ती शवहरु हमीरपुर जिल्लाको ग्रामिण भेगबाट बगेर आएको प्रहरीले जानकारी दिएको छ। ग्रामीण भेगमा कोरोना संक्रमणको कारण ठुलो संख्यामा मृत्यु भइरहेको छ। तीनै शवहरुलई गाँउलेहरुले नदिमा बगाएको बताईन्छ।
कोरोना संक्रमणको डरका कारण गाँउलेहरुले डरका कारण शवलाई जलाउनुको सट्टा नदिमा बगाइरहेको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।