काठमाडौं उपत्यकाको निषेधाज्ञा थप भएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेका हुन्।
यससँगै उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा हुने भएको छ। कोरोना संक्रमण दिनानुदिन बढिरहेका कारण उपत्यकामा बिहान ७ देखि ९ बजेसम्म पसल खोल्ने दिइने भएको छ।