बिहारको पुर्णियामा अपहरणमा परेका नेताको शव प्रहरीले बरामद गरेको छ। लोक जनशक्ति पार्टीका अनिल उराव ३ दिनअघि अपहरणमा परेका थिए। उनको शव प्रहरीले आइतबार बिहान नजिकैको डंगराहा गाँउबाट बरामद गरेको थियो।
शवको पोष्टमार्टमपछि उरावका आफन्तजनले उनको शव स्थानीय चोकमा राखेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले चक्काजाम समेत गरेका थिए।
अपहरणको खबर पाएपछी परिवारले प्रहरीलाई सम्पर्क गरेका थिए। प्रहरीले परिवारलाई उरावको सकुशल उद्वार गरिने आश्वासन दिएको थियो। उरावको परिवारले अपहरणकारीलाई १६ लाख फिरौती बुझाएका थिए। फिरौती बुझाईुसक्दा पनि उनको हत्या भएपछि उनका आफन्तजनले प्रहरीमाथी लापरवाहीको आरोप लगाएका छन्।