कोरोना भाइरसबाट संक्रमित एर उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था बिग्रिएको छ। नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई श्वासप्रसासमा समस्या भएपछि आइसियूमा राखिएको छ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई स्वासप्रस्वासमा निकै समस्या भएपछि आईसियूमा भर्ना गरिएको हो। उनले पुर्वरानी शाहको अवस्था चिन्ताजनक रहेको बताए।
उनलाई अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिईदैछ्। केही दिनअघिसम्म उनलाई प्रतिमिनेट २ देखि ३ लिटर दिइँदै थियो।
कोरोना संक्रमणका कारण सँगै अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी दिए।
यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।