वीरगञ्ज – वीरगञ्जमा एकैदिन पाँच जना कोरोना संक्रमितको मृत्यू भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा बुधबार दिउसोसम्ममा नै ५ जना कोरोना संक्रमितको मृत्यू भएको जानकारी प्राप्त भएको छ।
त्यहा उपचाररत सर्लाही, बारा, रौतहट र पर्सा जिल्लाका विरामीहरुको मृत्यू भएको अस्पतालका तथा चिकित्सक सरोज रोशन दासले जानकारी दिए।
सर्लाहीकी ३० वर्षीया महिला, सर्लाहीकै ४३ वर्षीय पुरुष, वीरगञ्जकी ६० वर्षीय वृद्ध, वीरगञ्जकै ४५ वर्षीय पुरुष र रौतहटकी ५० वर्षीया महिलाको निधन भएको उनले बताए।
वीरगञ्जको नारायणी अस्पतालमा मात्र अहिले ४२ जना कोरोना संक्रमित भर्ना भएका छन्। त्यसमध्ये १ जना भेन्टिलेटरमा छन्।