कोरोना भाइरसले अहिले फेरी हरेक मान्छेलाई भयभित बनाएको छ। भाइरस यति तिव्र रुपमा फैलिरहेको छ कि यसको चपेटामा हरेक उमेरका मान्छेहरु आइरहेका छन्।
यदि कसैको रिपोर्ट पोजिटिव आएको खण्डमा नडराउनुस, उपचारमा सजग हुनुहोस। कोरोनाको लक्षणहरु र स्थिति हेरेर घरमै बसेर यो रोगसँग लड्नु उपयूक्त उपाय हो। किनभने धेरैजसो अस्पतालहरु कोरोनाका बिरामीका कारण भरिएका छन्। त्यसैले जबसम्म बिरामीमा कोरोनाको गम्भिर लक्षण देखिदैन् तबसम्म घरमै राखेर बिरामीको उपार गर्नु सहि हुन्छ।
यदी बिरामीको छातीमा भारीपना, श्वास फुल्ने, ब्लड प्रेशर वा सुगरको समस्या छ र चक्कर आइरहेको छ भने मात्र अस्पताल जाने निर्णय लिनुहोला। यदि कोरोनाको कम गम्भिर लक्षण छ भने घरमा नै उपचार गरेर बिरामीलाइ तन्दरुस्त बनाउन सकिन्छ।
आउनुहोस घरमै बिरामीको उपचार गर्दा कस्तो आइसोलेशन कोठा हुनुपर्छ र इसोलेशनमा बसेका बिरामीहरुको नियमित कुन–कुन जाँच गर्नुपर्छ भन्ने जानकारी लिऔँ।
आइसोलेशन कोठाको छनौट
बिरामीलाई होम आईसोलेशनमा राख्दा हावा लाग्ने कोठा छान्नुहोस। बन्द कोठामा भाइरस एक ठाँउमा बस्दछ त्यसैले कोठामा घाम र ताजा हावा आउनु जरुरी छ।
कोठाको ढोका लागेको हुुनुपर्छ ताकि बिरामीले खाना खाएमा वा कुनै गतिविधी गरेमा उबाट संक्रमण फैलने खतरा नहोस।
कोठामा अट्याच वाथरुम हुनु जरुरी छ, जसलाई विरामीले मात्र प्रयोग गर्नुपर्छ। यदि घरमा एउटामात्र वाथरुम छ भने बिरामीले प्रयोग गरेपछी त्यसलाई पखालेर सेनिटाईज गरेर मात्र प्रयोग गर्नुपर्छ ।
आईसोलेशनमा बसेका बिरामीहरुको यी जाँचहरु अवश्य गर्नुहोस
ब्लड प्रेसर जाँच गर्नुहोस
यदि बिरामीमा ब्लड प्रेशरको समस्या छ भने उनको नियमित जाँच गर्नुहोस। कोरोनाका कारण ब्लडप्रेशर बढ्ने र घट्ने हुन्छ। हाई बीपी १४० ९० र लो बीपी १०० ६५ छ भने चिकित्सकसँग सम्पर्क गर्नुहोस र खान–पानको माध्यमबाट ब्लड प्रेशरलाई सामान्य बनाउने प्रयास गर्नुहोस।
ज्वरो लगातार जाँच गर्नुहोस
शरिरको तापमान ९८ डिग्री फरेनहाइटदेखी ९९ डिग्री फरेनहाइट हुने गर्दछ। यदी शरिरको तापमान यो भन्दा बढी भएमा ज्वरो आउन सक्छ। यस्तोमा चिकित्सकको सल्लाहमा ज्वरो कम गरने औषधी सेवन गर्नुहोस।
अक्सीजन लेभल जाँच गर्नुहोस
अक्सीमीटरले रगतमा अक्सीजनको लेभल जाँच गरिरहनुहोस। रगतमा अक्सीजनको लेभल सामान्य ९८ प्रतिशतबाट घटेर ९४ प्रतिशतसम्म पुग्यो भने तत्काल चिकित्सकलाई जानकारी गराउनुहोस।
यदि अक्सिजन ९० प्रतिशतसम्म पुग्यो भने ढिला नगरी बिरामीलाई अस्पताल लैजानुहोस। यस्तो अवस्थामा बिरामीलाई अतिरिक्त अक्सीजनको आवश्यकता पर्नसक्छ।
घरमा थर्मामीटर र अक्सीमीटर अवश्य राख्नुहोला र तपाई ज्वरो र अक्सीजनको लेवल हरेक ६ घण्टामा जाँच गर्नुहोला।
जाँच कति पटक गर्ने?
दिनमा तीन पटक ज्वरो र अक्सीजनको जाँच गर्नुहोस। बिहान ८ बजे, दिउसो २ बजे र राती ८ बजे जाँच गर्नुहोस।
अक्सीमीटरको प्रयोग कसरी गर्ने?
अक्सीमटरको हात या खुट्टाको औलाँमा लगाएर रगतमा अक्सीजनको स्तर पत्ता लगाउन सकिन्छ। याद गर्नुहोस, अक्सीमीटर अन गरेपछी मात्र औलामा लगाउनुहोस।