तपाईलाई कोही केटा मन परेको छ। तपाई उसलाई आफ्नो बनाउन चाहानुहुन्छ। तर, उसँग कसरी नजिकिने भनेर हैरान हुनुहुन्छ? अब चिन्ता नगर्नुहोस्। तपाईलाई मन परेको केटालाई माया जालमा पार्न अपनाउनुहोस् यी उपाय
१. आफ्नो ड्रेसअपमा विशेष ध्यान दिनुहोस्
कसैलाई आफूतिर आकर्षण गर्नु परेमा सबैभन्दा पहिले आफ्नो ड्रेसअपमा विशेष ध्यान दिनुपर्छ। कपडा लगाइले मानिसको ध्यान आफूतिर खिच्न सकिन्छ। तर, लुगा लगाउँदा आफूले मन पराएको मान्छेको विचार बुझ्न आवश्यक छ। तर, धेरै भद्दा र खुलेको कपडा नलगाउनुहोस् किनकी त्यस्ता कपडा लगाउनेप्रति केटाहरुको दृष्टिकोण निकै नै नकारात्मक हुन्छ।
२. मिठो बोल्नुहोस्
आफूलाई मन पर्ने केटाको वरिपरि रहँदा बोलीमा पनि ध्यान दिनुहोस्। आफ्नो बोलीमा मिठासपन देखाउनुहोस्। मिठो र मसिनो स्वर बोलेर केटालाई आकर्षित गर्ने, बोल्दा प्रयोग हुने शब्द र उच्चारणमा पनि सतर्कता अपनाउनुहोस्।
३. केटाको हेरचाह गर्नुहोस्
आफूलाई केही केटा मन परेको छ भने उसको ख्याल राख्नुहोस्।े उसलाई कुनै समस्या पर्दा, उ अनुपस्थित हुँदा या बिरामी पर्दा उसँग यसबारे बुझ्नुहोस्।
४. समस्यामा सहयोग गर्न नहिच्किचाउनुस्
कुनै पनि मानिससँग सम्बन्ध निर्माण गर्नका लागि उसको विपत्तिको या दुःखको घडी निकै नै फलदायी मानिन्छ। यो तथ्य बुझेका धेरै मान्छेहरु मन परेका मान्छेहरुसँग सम्बन्ध निर्माण गर्न चुक्दैनन्। त्यसको उपयोग गर्छन् र सम्बन्ध बनाउँछन्। तपाई पनि आफुलाई मन परेको केटा साथीलाई परेको समस्यामा सहयोगीको भुमिकामा देखिनुहोस्।
५. नजिक हुने प्रयास गर्नुहोस्
आफूलाई मन पर्ने केटाको नजिक हुने प्रयास गर्नुहोस्। विभिन्न बाहानामा उसँगै रहने प्रयास गरेमा उसले पनि तपाईलाई बुझ्ने प्रयास गर्नेछ। उसका साथीहरुसँग नजिकिँदै उसँग नजिक हुने उपाय तपाईका लागि सबैभन्दा लाभदायक हुन सक्छ।
६. अप्रत्यक्षरुपमा आफ्नो भावना व्यक्त गर्नुहोस्
आफूलाई मन परेको केटासामु अप्रत्यक्षरुपमा भए पनि आफ्नो भावना व्यक्त गर्नुहोस्। यसो गरेमा केटाको ध्यान तपाईतिर आकर्षित हुनेछ। तर, पहिले उ तपाईप्रति सकारात्मक छ कि छैन भन्ने कुरा भने पहिल्याउनुस्। तर याद गर्नुहोस्, लाइन मार्दा सामान्य मर्यादा र अनुशासन भने ख्याल गर्नुहोस्।
७. लजाउनुहोस्
लाजलाई केटीहरुको गहनाको रुपमा हेरिन्छ। जतिसुकै सभ्य र आधुनिक युगमा प्रवेश गरे पनि पुर्विय समाजका केटीहरु छाडा भएको कसैले पनि मन पराउँदैनन्। त्यसैले केटीहरुले सधैभरि यसमा ध्यान दिएर आफुलाई लाइन मार्ने कार्यमा क्रियाशिल गराउनु राम्रो हुन्छ।
कुनै केटाको ध्यान आफुतिर तान्न चाहानुहुन्छ भने सबैभन्दा पहिले हेराइमा ध्यान दिनुहोस्। उसलाई बारबार लजाएर हेर्नुहोस्। उसले तपाईको हेराईबाटै थाहा पाओस् कि तपाई उसलाई चाहिरहनु भएको छ। तर हेर्दा यसरी हेर्नुस् कि केटाको मनमा पनि तपाई प्रति कौतुहुलता जागेर आसोस्।