अध्ययनका लागि दुई दशकअघि झापादेखि अस्ट्रेलियाको सिड्नी गएका मातृका बिमली र सुमन भेटवालले नयाँ कामकाे थालनी गरेका छन्।
अस्ट्रेलियाको सिड्नीमा सञ्चालित अस्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज समूहद्वारा NAPS – National Academy of Professional Studies नामक उच्च शिक्षा प्रदायक संस्थाको सञ्चालन समन्धित निर्णय पत्र प्राप्त भएकाे हाे।
४ वर्षयता व्यावसायिक सहकर्मी टोलीको निरन्तरकाे प्रयास र शुभचिन्तकहरूको शुभकामना र सम्पूर्ण समुदायकै विश्वासका कारण अपेक्षा गरेको समयभन्दा पूर्व नै यो समाचार बाँड्न पाउदा निकै हर्षित भएकाे बिमलीले बताए।
यस संस्थाले हालका लागि निम्न विषयहरू अध्यन-अध्यापन गराउने भएको छ। दर्ता र मान्यता पत्र अर्को ५ वर्षका लागि रहेको भेटवालले बताए।
Bachelor of Business (Accounting) Bachelor of Business (Islamic Business) अस्ट्रेलियन सरकार अन्तर्गतको Tertiary Education Quality and Standards Agency (TEQSA) ले यस उच्च शिक्षा प्रदायक संस्था दर्ताको लागि कुनै पनि शर्तहरु राखेको छैन।
नेपाली विद्यार्थीका लागि पनि याे काेशेढुंगा सावित हुने भेटवालकाे भनाइ छ।