गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन्। गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार गोरखाको बारपाकमा तीन जना सोमबार बिहान मृत भेटिएका हुन्।
मृत्यु हुनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ छन्।
छिमेकीकाअनुसार हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि घरमा हेरेका थिए। प्रहरीका अनुसार उनीहरूको मुखमा फिँज आएको थियो।
गोरखा प्रहरी चौकीको टोली अहिले घटनास्थलमा पुगिसकेको छ,’ एसपी गुरुङले भने,‘उनीहरूको अवस्था हेर्दा हत्या गरेजस्तो देखिन्न।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जौंबारीको टोली घटनास्थल तर्फ गहिरहेको प्रहरीले जानकारी दिएको छ।