छोटो समयमै सर्वाधिक सफल र चर्चिक कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले न्यूज २४ टेलिभिजनबाट राजीनामा दिएका छन्। न्यूज २४ टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताको जिम्मेवारीमा रहेका लामिछानेले औपचारिक रुपमा टेलिभिजन छोडेका हुन्।
लामिछानेले न्यूज २४ मा पाँच वर्ष काम गरे। टेलिभिजन छाडेको विषयमा न्यूज टिम औपचारिक जानकारी गराउँदै अब नयाँ योजनामा जाने बताएका छन्।
चार वर्षयता ‘सीधा कुरा जनतासँग’ चलाएका लामिछानेले ६ सय ३५ भागसम्म कार्यक्रम निर्माण गरे। बिहीबार पनि उक्त कार्यक्रम प्रसारण हुँदैछ।
‘सीधा कुरा जनतासँग’ कार्यक्रम न्यूज २४ मै अझै केही भाग प्रसारण हुने बताइएको छ। उनले ५ महिनाअघि राजीनामा दिए पनि स्वीकृत भएको छैन।
अब चर्चित प्रस्तोता लामिछाने सीधा कुरा जनतासँग कार्यक्रममार्फत् नै टेलिभिजनमा आउने छन्। तर, कार्यक्रम नयाँ टेलिभिजनमा बज्ने छ।
लामिछानेले नवीन रुपान्तरणसहित कार्यक्रम चाँडै प्रशारण हुने बताएका छन्। लामिछानेले सन् २०१३ मा न्यूज २४ टेलिभिजनमै लगातार ६० घण्टा अन्तरवार्ता गरेर गीनिज बुकमा विश्व कीर्तिमान लेखाएका छन्।