काठमाडौंको न्यूरोडस्थित संकटा क्लबमा रहेको ‘अम्ब्रेला स्ट्रिट’ बाट छाता हटाउने तयारी गरिएको छ। त्यहाँका स्थानीयहरू छाता हटाउने वा छाता बन्द गर्ने विषयमा छलफल गरिरहेको बताइएको छ।
संकटा क्लबका एक अधिकारीका अनुसार व्यवसाय बढाउने उद्देश्यले अम्ब्रेला स्ट्रिटको अवधारणा ल्याइएको थियो। यति धेरै भिडभाड हुन्छ भन्ने थाहा नभएको उनले बताए।
भिडले सवारी आवतजावत र मानिसलाई हिँड्न पनि असहज भएकाले छाता हटाउने तयारीले एक स्थानीयले जानकारी दिए। आइतबार यसबारे निर्णय हुने बताइएको छ।