भारतको गुजरात राज्यबाट अण्डरवर्ल्ड डन दाउद इब्राहिमका अत्यन्तै नजिक रहेर काम गरिरहेका एक व्यक्ति पक्राउ गरेका छन्।
गुजरातको आतंक निरोधी दस्ताको अब्दुल माजिद कुट्टी नामका ती व्यक्तिलाई पक्राउ गरेको हो। अब्दुल माजिदलाई झारखण्डबाट पक्राउ गरिएको आतंक निरोधी दस्ताका उच्च अधिकारीले बताएका छन्।
२४ वर्षदेखि फरार रहेका अब्दुल माजिदको खोजीमा सन् १९९६ देखि नै भारतको सुरक्षा संयन्त्र परिचालित थियो। दक्षिणी राज्य केरलका अब्दुल माजिदमाथि सन् १९९६ मा १ सय ६ थान पेस्तोल, भारी मात्रामा विष्फोटक पदार्थ चार किलोग्राम आरडिएक्स जम्मा गरेको अभियोग लागेको थियो।
पेस्तोल र विष्फोटक पदार्थसहित केही अभियुक्तलाई पक्राउ गरिए पनि अब्दुल माजिद फरार रहेका थिए। भारतीय सञ्चारमाध्यमले उनलाई दाउद इब्राहिमसँग कनेक्सन रहेको दावी गर्दै आएका छन्।