अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नयाँ अध्यक्षमा न्युजिल्याण्डका ग्रेग बार्कले निर्वाचित भएका छन्। दोस्रो चरणको मतदानपछि इमरान खवाजालाई पराजित गर्दै बार्कले नयाँ अध्यक्षमा निर्वाचित भएका हुन्।
आइसीसीको अध्यक्ष पदमा निर्वाचित हुन कुल १६ भोटमध्ये ११ भोटको आवश्यक पर्दछ। पहिलो चरणमा गत हप्ता बार्कले १० र इमरान खवाजाले ६ भोट प्राप्त गरेका थिए।
पहिलो चरणमा दुई तिहाई नआएपछि दोस्रो चरणको मतदान भएको थियो। दोस्रो चरणको निर्वाचनमा बार्कलेले जितका लागि आवश्यक ११ मत प्राप्त गरेका हुन्।
आइसीसीका पूर्व अध्यक्ष शंशाक मनोहरको कार्यकाल गत जुलाईमा सकिएको थियो। मनोहरको अध्यक्ष कार्यकाल गत जुलाईमा सकिएपछि आइसिसीले इमरान खवाजालाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको थियो।