काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडका सेवाग्राहीले अब क्रेडिट कार्डका लागि अनलाईनमार्फत नै आवेदन दिन सक्ने भएका छन् । कार्तिक १३ गतेदेखी यो व्यवस्था लागु भएसँगै सेवाग्राहीहरुले भौतिक रुपमा बैंकमा उपस्थित नभई क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् ।
क्रेडिट कार्डको लागि सेवाग्राहीहरुले बैंकको वेबसाइट "https://onlinecreditcard.siddharthabank.com/” मा गएर आवश्यक विवरण भरेर आवेदन दिन सक्नेछन् । ग्राहकले आवेदन दिएपछि बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गरेर प्रकृया अघि बढाउन सक्नेछ । साथै, कार्ड तयार भइसकेपश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।
बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।