नेपाली पब्लिकमा "१२ करोडको सेटिङ मिलाउन अष्ट्रेलिया बस्ने नटवरलाल नेपालमा" शिर्षकको समाचार प्रकाशित भएपछि भेष चौरसियाले नेपाली पब्लिकका प्रकाशक सुदिपचन्द्र बख्रेललाई म्यासेज गरेर धम्कि दिएका छन् । बुधबार साझ समाचार प्रकाशित भएपछि उनले प्रकाशक बख्रेललाई म्यासेज गर्दै पुलिस केस गर्ने धम्कि दिएका हुन् ।
प्रकाशक बख्रेल स्वयमले लामो समयको अनुसन्धानपछि संकलन गरेको तथ्यहरुको आधारमा तयार पारिएको समाचारलाई उनले हटाउन दवाव समेत दिएका छन् । प्रकाशक बख्रेललाई म्यासेज गर्दै उनले समाचार हटाउन अल्टिमेटम पनि दिएका छन् ।
चौरसियाको योजना पत्ता लगाउन बख्रेलले उनिसँग गरेको कुराकानीको हवाला दिदै उनले समाचार प्रकाशित गरेर गलत काम गरेको बताएका छन् । यता प्रकाशक बख्रेलले भने आफुँसँग उनिबारे थप जानकारीहरु भएको बताउदैँ तथ्यसहित थप समाचारहरु प्रकाशित गर्ने बताए । उनले चौरसियाको हुण्डि कारोबारको सञ्जालबारे पर्दाफास गर्नका लागि आफुँले योजनावद्ध रुपमा उनिसँग सम्बन्ध राखेर जानकारि संकलन गरेको बताए ।