एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्र्तगत गतराति भएको खेलमा एस्टन भिल्लाले लेस्टर सिटीमाथि १–० जित निकालेको छ ।
९० मिनेटसम्म गोल रहित बराबरी खेलेको लेस्टर सिटी इन्ज्युरी समयको लगि थप गरिएको समयमा गोल खान पुग्यो ।
एस्टन भिल्लाका रस बार्कलेले गोल गर्दै भिल्लालाई जित दिलाएका हुन् । यो जितसँगै अंक तालिकामा एस्टन भिल्लाको १२ र लेस्टर सिटीको ९ अंक रहेको छ ।