मथुरा– भारतको मथुरामा रहेको चर्चित बाँके विहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुला भएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि महिनौंदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुला गरिएको हो ।
विश्व विख्यात यस मन्दिर गत सात महिना अगाडिदेखि बन्द रहेको थियो । तर अहिले अदालतको मापदण्ड कडाइका सथा पालना गरेर खुला गर्न निर्देशन दिएपछि खुला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् ।
दर्शालुहरुलाई बिहान ८ः३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५ः३० देखि ९ः३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ । दर्शालुहरुलाई सामाजिक दुरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्कलगाउने लगायतका नियम पूर्ण रुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
हिन्दुहरुको अत्यन्त आस्था रहेको यस मन्दिरमा बर्सेनि लाखौं हिन्दु धर्मावलम्बीहरुले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ ।