एजेन्सी - फ्रेन्च लिग वान अन्तर्गत गत राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निम्समाथि ४–० को जित निकालेको छ ।
प्रतियोगितामा निम्सका लुक लान्ड्रेले पीएसजीका राफिन्हालाई फल गरेपछि निम्स खेलको १२ औं मिनेटमा नै १० जना खेलाडीमा सिमित भएको थियो । खेलमा एमबाप्पेले ३२औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
एकपछि अर्को प्रहार गरेको पीएसजीका धेरै प्रहारहरु विफल भएका थिए । खेलको ३२ औं मिनेटमा गोलगरेको पीएसजीले अर्को गोल ७७औं मिनेटमा गर्यो । पीएसजीका फ्लोरेन्जीले उक्त गोल गरेका थिए । त्यस्तै खेलको ८३औं मिनेटमा एमबाप्पेले अर्को गोल गरे ।
खेलको अन्तिममा एकपछि अर्को गाले गरेको पीएसजीले पाब्लो सारावियाको मदतमा हर्को गोल गर्यो । जितसँगै पीएसजीको ७ खेलबाट १५ अंक पुगेको छ ।