एजेन्सी – विश्वकप छनोट खेलमा अर्जेन्टिनाले बोलिभियामाथि २–१ को जित निकालेको छ ।
गत राति भएको खेलमा खेलको २४ औं मिनेटमा बोलिभियाका मार्सेलो मोरेनोले गोल गर्दै देशलाई अग्रता दिलाएका थिए ।
खेलमा सुरुवाती समयमा नै गोल खाएको अर्जेटिनालाई खेलमा बराबरीमा फर्किन २१ मिनेट लाग्यो । अर्जेटिनाका लौटारो मार्टिनेजले खेलको ४५औं मिनेटमा गोल गर्दै देशलाई बराबरीमा ल्याएका थिए ।
बराबरीमा फर्किए पछि आक्रामए देखिएको अर्जेटिनाको प्रहार एकपछि अर्को गर्दै विफल भएका थिए । यद्दपी खेलको ७९औं मिनेटमा अर्जेटिनाका जोआक्विन कोरेराले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । थप बाँकी समयमा दुवै देशबाट कुनै पनि गोल हुन नसक्दा खेल यतिकैमा सकिएको थियो ।