एजेन्सी – युइएफए नेसन्स लिग अन्र्तगत गत राति भएको खेलमा बेल्जियम माथि इंग्ल्यान्डले २–१ गोलको जित निकालेको छ ।
खेलमा १६औं मिनेटमा इंग्ल्यान्ड माथि अग्रता बनाए पनि पराजित भएको हो । बेल्जियमका रोमेलु लुकाकुको पेनाल्टी मार्फत आफ्नो देशलाई अता दिलाएका थिए ।
इंग्ल्यान्डका एरिक डाएरले पेनाल्टी बक्समा लुकाकुलाई लडाएपछि बेल्जियमल पेनाल्टी पाएको थियो । रोचक र प्रतिस्पर्धात्मक बनेको खेलमा इंग्ल्यान्डमा पनि ३९औं मिनेटमा पेनाल्टी गोलमार्फत बराबरी मा फर्कियो ।
बेल्जियमका थोमस म्युनियरले इंग्ल्यान्डका जोर्डन हेन्डरसनलाई फल गरेका थिए । जित हासिल गर्नका लागि लागि परेका दुवै देश खेलको ६४औं मिनेटमा इंग्ल्यान्डका मासन माउन्टले गरेको गोल नै निर्णायक बन्यो ।
बाँकी समयमा थप कुनै गोल हुन नसकेपछि इंग्ल्यान्डले खेल जितेको थियो । जितसँगै इंग्ल्यान्ड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा छ ।