काठमाडौं– गएराति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राउल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गरेको छ । यो जीतसँगै दिल्ली आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।
यूएईको इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बेङ्लोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रा मात्रै बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । बेङ्गलोरले भने ५ खेलमा ६ अंक जोडेको छ ।