एजेन्सी - जर्मन बुन्डेसलिगा अन्र्तगत गत राति भएको खेलमा बायर्न म्युनिखले हर्था बर्लिनमाथि ४–३ को जित निकालेको हो ।
बार्यनले जितेको खेलमा बार्यनका स्टार खेलाडी लेवान्डोस्कीले एक्लैले ४ गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा लेवान्डोस्कीले ४०औं मिनेटमा बार्यनलाई अग्रता दिलाएका थिए । एकपछि अर्को प्रहार गरेको बार्यनले ५१औं मिनेटमा लेवान्डोस्कीलेकै गोलमा आफ्नो अग्रता दोब्बर पारेको थियो । बार्यनले दोस्रो गोल गरेको ८ मिनेटपछि हर्थाका जोन कोर्डोबाले गोल गरे ।
खेलमा बराबरीमा फर्किन मेहेनत साथ अघि बढेको हर्था ७१औं मिनेटमा म्याथुस कुन्हाले गोलबाट बराबरीमा फर्कियो । तर लेवान्डोस्कीले ८५औ मिनेटमा ह्याट्रिक गरे । जितको लागि सर्घषरत दुबैको खेल निकै नै रोमाञ्चक बनेको थियो । हर्थाका जेसिक नागनकमले ८८औं मिनेटमा गोल गरेपछि १ गोलले पछि परेको हर्था फेरि बरारबरीमा आयो ।
अन्तिमसम्म पनि बराबरी भएको खेलमा बार्यनलाई इन्ज्युरी समयको तेस्रो मिनेटमा पेनाल्टीको अवसर प्राप्त भयो । उक्त अवसरलाई सदुपयोग गर्दै लेवान्डोस्कीले एक्लैले ४ गोल र क्लबलाई पनि जित दिलाए । जितसँगै बायर्नको अंक तालिकामा ६ अंक र हर्थाको ३ अंक रहेको छ ।