एजेन्सी – स्पेनिस ला लिगा अन्र्तगत गत राति भएको खेलमा बार्सिलोना सेभिल्ला सँग १/१ को बराबरी मा रोकिएको छ ।
खेलमा सेभिल्लाले ८ औं मिनेटमा नै अग्रता बनाएको थियो । सेभिल्लाकालागि लुक डि जोङले गोल गरेका हुन् ।
यद्दपी सेभिल्लाको अग्रता भने लामो समयसम्म टिक्न सकेन । त्यसको २ मिनेटपछि नै बार्सिलोनाका फिलिपे कौटिन्होले गोल गर्दै क्लबलाई बबराबरी ल्याए ।
खेलमा सुरुवातमै गोल हुन सुरु भए पनि बाँकी रहेको समयमा भने थप कुनै गोल हुन सकेन । सुरुमा नै अग्रता गरेर दबाबमा राखेको सेभिल्लाले बार्सिलोनालाई बराबरीमा रोक्न सफल भयो । यो बराबरीसँग्र दुवै क्लबको अंक तालिकामा ७ अंक रहेको छ ।