एजेन्सी - इंग्लिस प्रिमियर लिग अन्तर्गत गतराति भएको खेलमा एभर्टनले ब्राइटनमाथि ४–२ को जित हासिल गरेको छ ।
खेलमा एभर्टनका डोमिनिक काल्भर्ट लेविनले १६औं मिनेटमा क्लबलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा ब्राइटनका निल मोउपेले ४१औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए ।
एकपछि अर्को प्रहार विफल भईरहेको गरिरहेको अवस्थामा एर्भटनका यारी मिनाले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरे । दोस्रो हाफको सुरुमा नै एभर्टनका हामेस रोड्रिग्वेजले ५२औं मिनेटमा गोल गरे ।
खेलमा एकपछि अर्को अग्रता बनाएको एभर्टनले ७०औं मिनेटमा हामेस रोड्रिग्वेजकै प्रहारमा अर्को अग्रता बनाएको थियो । अंक तालिकामा यो जितसँगै एभर्टनको १२ र ब्राइटनको ३ अंक रहेको छ ।