एजेन्सी - फ्रेन्च लिग वान अन्र्तगत गत राति भएको खेलमा डिफेन्डि च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग एन्जर्स ६–१ गोलले पराजित भएको छ ।
आधा दर्जन भन्दा बढी गोल गरेको पीएसजी खेलको ७ औं मिनेटमा अग्रता लिएको थियो । पीएसजीका लागि एलेसान्द्रो फ्लारेन्जीले गोल गरेका थिए ।
काउन्टर अट्याकिङ शैलीमा खेल्दै एकपछि अर्को प्रहार गरेको पीएसजीले खेलको ३६औं मिनेटमा नेयमारले गोलबाट दोस्रो गोल गर्यो । खेलमा ४७औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरे ।
पहिलो हाफमा ३ शुन्यको अग्रता बनाएको पीएसजीलाई दोस्रो हाफको ५२औं मिनेटमा एन्जर्सले गोल गर्यो । उसका लागि इस्माइल ट्राओरेले गोल गरेका हुन् ।
पीएसजीका लागि ५७औं मिनेटमा जुलियन ड्राक्सलरले, ७१औं मिनेटमा इड्रिसिया गान गुआईले तथा ८४औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेका थिए । यो जितसँगै पीएसजीको ६ खेलबाट १२ अंक र एन्जर्सको ९ अंक रहेको छ ।