एजेन्सी – स्पेनिस ला लिगामा गतराति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ ।
खेलमा बार्सिलोनाले सेल्टामा माथि ३–० गोलको जित बनाएको थियो । बार्सिलोनाले खेलको ११औं मिनेटमा अन्सु फातीले गोलबाट अग्रता लिएको थियो ।
कडा प्रतिस्पर्धात्मक बनेको खेलमा बार्सिलोनाका क्लेमेन्ट लेङ्लेटले फल गरेपछि ४२औं मिनेटमा मैदान छोड्न पर्यो । पहिलो हाफमा १ गोलको अग्रता बनाएको बार्सिलोनाले ५१औं मिनेटमा सेल्टाका लुकास ओलाजाले आत्मघाती गोल गरेपछि २ गोलको अग्रता बनायो ।
खेलमा इन्ज्युरी समयको अन्तिम समयमा सर्जी रोबर्टोले गोल गरेपछि बार्सिलानाले ३ गोलको फरकले प्रतियोगिता जितेको हो । यो जितबाट बार्सिलोना ६ अंकका साथ ५ औं स्थानमा छ ।