एजेन्सी - बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि आफ्नो पोल्टामा पारेको छ ।
गत राति भएको खेलमा म्युनिखले डर्टमुन्डलाई ३–२ गोलले पराजित गरेको हो । खेलमा बायर्नले १८औं मिनेटमा कोरेन्टिन टोलिसोको गोलबाट अग्रता लिएको थियो । त्यस्तै थोमस मुलरले ३२औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
उपाधी हात पार्नका लागि निकै नै प्रतिस्र्पधात्मक बनेको खेलमा ३९औं मिनेटमा जुलियन ब्रान्डले गोल गरे । प्रतियोगितामा ५५औं मिनेटमा भने डर्टमुन्ड खेलमा फर्कियो । हिलान्डले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । सुरुवातबाट नै पछाडी परेर लयमा फर्किएको डर्टमुन्डले ८२औं मिनेटमा भने फेरि पछि पर्यो ।
बायर्नका किम्मिचले गोल गोल गर्दै क्लबलाई ३–२ गोलको अग्रता दिलाएका थिए । त्यसपछिको बाँकी समयमा डर्टमुन्डबाट थप कुनै गोल हुन नसक्दा सुपर कपको उपाधी बायर्नले उचाल्यो ।