एजेन्सी - स्पेनिस ला लिगा अन्र्तगत राति भएको खेलमा रियल बेटिसलाई गेटाफेले ३–० गोलले पराजित गरेको छ ।
जित सँगै लिगमा गेटाफे शीर्षस्थानमा छ । खेलमा गेटाफेका एन्जल रोड्रिग्वेजले खेलको १३औं मिनेटमा क्लबलाई अग्रता दिलाएका थिए ।
गेटाफेको दबदबा बनेको खेलमा ३९ औं मिनेटमा मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेको अग्रता दोब्बर पारे । एकपछि अर्को गोल गर्न सफल गेटाफे ४२ औं मिनेटमा एन्जल रोड्रिग्वेजले गोल गरेपछि गेटाफेको गोल संख्या ३ र उनको व्यक्तिगत गोल संख्या भने २ पुगेको थियो ।
गेटाफेको सामु निरिह बनेको बेटिसले बाँकी समयमा कुनै गोल गरेन । यो जितसँगैे गेटाफेको ७ र बेटिसको ६ अंक रहेको छ ।