काठमाडौं– गएराती भएको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरमा जित निकालेको छ । बैंगलोरले सुपर ओभरमा मुम्बई इन्डियन्सलाई हराएको हो ।
सुपर ओभरमा मुम्बईले ८ रनको लक्ष्य पाएको बैंगलोरले ६ बलमा ११ रन बनाएको थियो । बैंगलोरका लागि एबी डिविलियर्सले ६ रन र विराट कोहलीले ५ रन बनाउदा मुम्बईका लागि हार्दिक पाड्याले २ तथा किरन पोलार्डले ५ रन बनाएका थिए । बैंगलोरका लागि नवदिप सैनिले पोलार्डको विकेट पनि लिए ।