ललितपुर– प्रज्ञा पारमिता ग्रन्थलाई सुनको अक्षरबाट रञ्जना लिपिमा लेख्ने काम गरिँदै छ । ललितपुरको पाटनस्थित हिरण्यवर्ण महाविहारमा सोमबार प्रज्ञा पारमिता ग्रन्थलाई सुनको अक्षरबाट रञ्जना लिपिमा लेख्न थालिएकाे हाे ।
२३ सय वर्ष पुरानो र धेरै वटा भाषामा अनुवाद भएको यस ग्रन्थलाई हिरण्यवर्ण महावीरका गुठियारले जीवन्त राख्न रञ्जना लिपिमा लिपिबद्ध गरिरहेका हुन् । अधिकमासको एक महिने अवधिमा लेखन कार्य पूरा गर्ने लक्ष्य गुठीका सदस्यहरुको रहेको छ ।




तस्बिर : रासस