एजेन्सी - स्पेनिस ला लिगामा अन्र्तगत गत राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ४–० ले हराएको छ ।
प्रतियोगितामा बार्सिलोनाले खेलको १५औं मिनेटमा नै अग्रता बनाएको थियो । अन्सु फातीले क्लबको लागि पहिलो गोल गरे । फातीले नै १९औं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
एकपछि अर्को गोल गरेको बार्सिलोनाले ३५ औ मिनेटमा फेरि अर्को गोल गर्यो । भिल्लारियलका मारियो गास्परले फातीलाई पेनाल्टी बक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो ।
उक्त पेनाल्टीलाई लियोनल मेस्सीले गोलमा परिणत गरे । खेलको ४५ औ मिनेटमा भिल्लारियलका पोउ टोरेसले आत्मघाती गोल गर्न पुगेपछि गरेपछि बार्सिलोनाको गोल संख्या ४ पुग्यो ।
दोस्रो हाफमा थप कुनै बोल भएन । भिल्लारियलमाथि निकै हाबी भएको बार्सिलोनाका् पहिलो खेलको यो जितसँगै अंक तालिकामा ३ अंक बनेका छ भने भिल्लारियलको ३ खेलबाट ४ अंक रहेको छ ।