एजेन्सी - सिरिए ए अन्र्तगत गत राति भएको खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।
युभेन्ट्स रोमासँग २–२ गोलको बराबरी रोकिएको हो । प्रतियोगितामा रोमाले खेलको ३१ औं मिनेटमा अग्रता लियो । युभेन्टसेका एड्रिन राविओटले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रोमाले प्राप्त पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई जोर्डन भेरेटआउटले गोलमा परिणत गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ४४औं मिनेटमा युभेन्ट्ले पेनाल्टीमार्फत नै गोल गरेर रोनाल्डोको क्लबलाई बराबरीमा ल्याए । रोमाका लारेन्जो पेलेग्रनीले पेनाल्टी बक्मा ह्यान्ड गरेपछि युभेन्टसले पनि पेनाल्टी पाएको थियो । यद्दपी युभेन्ट्सले उक्त बराबरी लामो समय सम्म जोगाउन भने सकेन ।
युभेन्टसले बराबरी गरेको २ मिनेटपछि नै रोमाका भेरेटआउटले नै गोल गर्दै रोमाको अग्रता बढाए । पहिलो हाफपछि निकै दबाबमा देखिएको युभेन्टस ६२औं मिनेटमा १० जना खेलाडीमा मात्र सिमित भयो । एड्रिन राविओट २ पटकसम्म पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
तर खेलको ६९औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए । बाँकी रहेको समयमा थप कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।