एजेन्सी - स्पेनिस ला लिगामा अन्र्तगत गत राति भएको खेलमा रियल म्याड्रिडले रियल बेटिसमाथि पराजित गरेको छ ।
म्याड्रिडले बेटिसलाई ३–२ गोलले पराजित गरेको छ । खेलमा म्याड्रिडले १४औं मिनेटमा फेडरिको भाल्भेर्डेको गोलबाट अग्रता लिएका थियो । तर ३५औं मिनेटमा आइसा मान्डीले गोल गर्दै बेटिसलाई बराबरीमा फर्काए ।
गोल गरेको २ मिनेट लगतै बेटिसका विलियम कार्भाल्होले गोल गर्दै क्लबलाई अग्रता दिलाए । निकै नै रोमाञ्चक बनेको खेलमा ४८औं मिनेटमा इमर्सनले आत्मघाती गोल गर्दा रियल पनि खेलमा बराबरीमा फर्कियो । खेलमा ६७औं मिनेट पछि अर्को मोड आयो ।
बेटिसका इमर्सनले म्याड्रिडका लुका जोभिकलाई फल गरेपछि उनी मैदानबाट बाहिरिन पर्यो । खेलमा ८२ औ मिनेटमा रियलका सर्जियो रामोसले पेनाल्टी गोल मार्फत क्लबलाई बराबरीबाट अग्रतामा लगे । खेलको ८० औं मिनेटमा बेटिसका मार्क बार्टाले म्याड्रिडका बोर्जा मायोरलमाथि फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ।
त्यसपछिको बाँकी समयमा कुनै पनि गोल नहुँदा रियल म्याड्रिड विजयी बन्यो । यो सँगै अंक तालिकामा म्याड्रिडको दुई खेलबाट ४ अंक र बेटिसको ३ खेलबाट ६ अंक बनेको छ ।