एजेन्सी - जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब सेभिल्लालाई हराउँदै युइएफए सुपर कपको उपाधि आफ्नो कब्जामा पारेको छ ।
बायर्नले गत राति भएको खेलमा सेभिल्लालाई २–१ गोलले हराएको हो । खेलमा सेभिल्लाले सुरुमा अग्रता बनाएपनि उसले त्यो अग्रता जोगाउन सकेन । प्रतियोगितामा सेभिल्लाले खेलको १३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।
सेभिल्लाका इभान राकिटिचलाई बायर्नका डेभिड अलावाले धकेलेपछि उसले प्राप्त पेनाल्टी पाएको थियो सेभिल्लाको यो अग्रतालाई बायर्नले ३४ औं मिनेटमा गोरेट्जको गोल गर्दै खेलमा बराबरी बनायो । त्यसपछिको ९० बाँकी खेलमा दुबै क्लबबाट गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
समय थप गरेर खेलाइएको खेलमा १०४ औं मिनेटमा जेभियर मार्टिनेजले गोल गर्दै बायर्नलाई जित दिलाए । सेभिल्लाबाट त्यसपछि थप गोल कुनै पनि गोल हुन नसक्दा उ उपाधि बिहिन बन्यो ।