एजेन्सी - इंग्लिस फुटबल लिग कप अन्र्तगत चेल्सीले बान्र्सलेमाथि ६- ० को फराकिलो जित निकालेको छ ।
खेलमा चेल्सीका ट्याम्मी अब्राहम खेलको १९ औं मिनेटमा अग्रता लिएका थिए ।
खेलमा आक्रामक बनेको चेल्सीले फेरि २८ औं मिनेटमा हाभर्टजको सहायतामा अग्रता दोब्बर बनायो ।
त्यस्तै प्रतियोगितामा ४९औं मिनेटमा रोस बार्कली, ५५औं मिनेटमा हाभर्टजले नै गोल गरे ।
खेलको ६५औं मिनेटमा हाभर्टजले थप गोल गरेपछि उनको ह्याट्रिक पुरा भएको थियो ।
ओलिभर जिरुउडले ८३औं मिनेटमा गोल गरेपछि चेल्सीको गोल आधा दर्जन पुगेको थियो ।