एजेन्सी - एट्लेटिको म्याड्रिडका फरवार्ड अल्भारो मोराटालाई युभेन्टसले एक सिजनको लागि अनुबन्धित गरेको छ ।
स्पेनिस ला लिगा खेल्ने मोराटा सिरी ‘ए’ को एक सिजन खेल्नको लागि युभेन्टसमा लोनमा अनुबन्धित भएका हुन् ।
उनलाई एक सिजनको ९ मिलियन पाउन्डमा तिरेर अनुबन्ध गरेको क्लबले बताएको छ । यो अनुबन्धित भने उनको दोस्रो पटक हो ।
उनी यसअघि पनि सन् २०१४ देखि २०१६ सम्म युभेन्टसमा अनुबन्धित भएका थिए ।