काठमाडौं– गएराति भएको इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले विजयी सुरुवात गरेको छ । वुल्भसको घरेलु मैदानमा भएको खेलमा सिटीले ३–१ गेलको फराकिलो अन्तरले विजयी सुरुवात गरेको हो ।
खेलको पहिलो हाफमा २ गोलको अग्रता लिएको सिटीका लागि पेनाल्टीमा गोल गर्दै केभिन डि ब्रुइनोले पहिलो गोल गरेका थिए । खेलको ३२ औँ मिनेटमा अर्को गोल गर्दै फिल फोडेनले सिटीलाई २–० को अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा वुल्भ्सले एक गोल फर्काउँदा थप एक गोल खाएको थियो ।
राहुल जिमेनेजले खेलको इन्जुरी समयमा गोल गर्दै सिटीलाई ३–१ के जित दिलाए । यो जितसँगै सिटीले पहिलो खेलबाट ३ अंक जोड्दै घरेलु लिग सिजनको सुखद सुरुवात गरेको छ । पहिलो खेलमा विजयी भएको वुल्भस भने दोस्रो खेलमा सिटीसँग पराजित भएको छ ।