एजेन्सी - डर्टमुन्डले जर्मन बुन्डेसलिगामा डर्टमुन्डले सुखद सुरुवात गरेको छ ।
सिजनको पहिलो खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकलाई ३–० को गोल गरेको छ ।
खेलमा ३४औं मिनेटमा जियोभानी रेनाले डर्टमुन्डलाई अग्रता दिलाए । पहिलो हाफ एक शुन्यमा सकिएको खेल दोस्रो हाफको सुरुमै पेनाल्टी गोलमार्फत हालान्डले डर्टमुन्ड अग्रता दोब्बर बनायो ।
त्यस्तै ७६औं मिनेटमा हालान्डले नै अर्को गोल गरे । जितसँगै डर्टमुन्डले ३ अंक जोड्को छ ।