एजेन्सी - एल्चेलाई हराउँदै बार्सिलोनाले जोआन गाम्पर ट्रफी हात पारेको छ ।
गत राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई १–० ले हराएको हो । यो सँगै बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ ।
बार्सिलोनालाई जिताउन एन्टोइन ग्रिजमन निर्णायक बने । उनले खेलको दोस्रो मिनेटमा नै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बाँकी समयमा भने दुबैे क्लबबाट थप कुनै गोल हुन सकेन् ।