एजेन्सी - बुन्डेसलिगामा बायर्न म्युनिखले सुखद सुरुवात गरेको छ। शुक्रबार राति भएको खेलमा बायर्नले साल्केमाथि ८–० शानदार जित हासिल गरेको छ ।
खेलमा बार्यनले साल्केलाई पहिलो हाफमा ३ र दोस्रो हाफमा ५ गोल गरेको थियो । खेलमा बायर्नले ४ औं मिनेटमा जिनाब्रीको गोलबाट अग्रता बनाएको थियो । खेलको १९औं मिनेटमा लियोनको सहायतामा बार्यनले आफ्नो अग्रता दोब्बर बनायो ।
एकपछि अर्को गोल गरेको बार्यनले खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत लेवान्डोस्कीले, ४७ र ५९औं मिनेटमा जिनाब्रीले गोल गरेका थिए ।
त्यस्तै खेलको ६९औं मिनेटमा थोमस मुलरले, ७१ मिनेटमा साने तथा ८१औं मिनेटमा जमल मुसिएलाले गोल गरेका थिए । बार्यन सामु निरिह साबित भएको साल्के अंकविहीन छ भने बायर्नले ३ अंक जोडेको छ ।