काठमाडौं– गएराति भएको कारावाओ कप फुटबलमा स्टोक सिटीसँग वुल्भ्स पराजित भएको छ । स्टोक सिटीले वुल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा अग्रता लिदै सिटीले निर्णायक गोल गरेको हो ।
वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली सिटीका लागि ब्रुवनले गोल गरेका थिए । खेलको ८६ औँ मिनेटमा उनले गरेको गोलनै सिटीका लागि विजयी गोल भएको हो ।
यो जितसँग सिटी कारावाओ कप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ ।