एजेन्सी - प्रि–सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत गत राति भएको खेलमा जिरोनामाथि बार्सिलोनाले ३–१ को जित निकालेको छ ।
खेलमा बार्सिलोनाले २१ औं मिनेटमा फिलिपे कोउटिन्होको सहायतामा अग्रता बनाएको थियो । बार्सिलोनाले खेलको ४५ औं मिनेटमा लियोनल मेस्सीले एक गोल गरेपछि पहिलो हाफमा २ गोलको अग्रता बनायो ।
जिरोनाले दोस्रो हाफको सुरुवाती मिनेटमा भने राम्रो प्रर्दशन गर्दै ४६ औं मिनेटमा गोल गर्यो । तर बार्सिलोनाका मेस्सीले नै ५१ औं मिनेटमा अर्को गोल गरेपछि जिरोनालाई खेलमा मानसिक रुपमा दबाब भयो ।
यसपछिको बाँकी समयमा थप गोल हुन नसकेपछि खेल यतिमा नै सकियो ।