काठमाडौं - इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनमाथि ३–१ को शानदार जित निकालेको छ ।
गत राति भएको खेलमा चेल्सीले खेलको २३ औं मिनेटमा जर्गिन्होको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।
ब्राइटनका म्याथ्यु रायनले चेल्सीका टिमो वेर्नरलाई पेनाल्टी बक्समा लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो ।
तर चेल्सीले उक्त अग्रता जोगाउन नसक्दा ब्राइटन ५४औं मिनेटमा खेलमा गोल गर्दै लयमा फर्कियो । यद्दपी ब्राइटनको उक्त बराबरीदुई मिनेट पनि टिक्न नदिई चेल्सीले रिस जेम्सको सहायतामा ५६औं मिनेटमा गोल गर्दै अग्रता बढायो ।
पहिलो हाफपछि आक्रामक देखिएको चेल्सीले कर्ट जोउमाको मदतमा ६६औं मिनेट अर्को गोल गर्यो । यसपछिको खेलमा कुनै पनि गोल नभएपछि चेल्सीले ब्राइटन माथि शानदार जित हासिल गरेको हो ।