काठमाडौं– फ्रेन्च लिग वानअन्र्तगत पेरिस सेन्ट जर्मेन र मार्सेलीबीच खेलको दोस्रो हाफको इन्जुरी समयमा खेल मैदानमा झगडा भयो । मैदानमै झगडामा उत्रिएका दुबै टीमका ५ खेलाडीलाई रातो कार्ड देखाइएको छ ।
पिएसजीका नेइमारसहित लियोन्ड्रो र लेविन कर्जवा तथा मार्सेइलीका जोर्डन एमावी र डारिओ बेनेडिट्टोले रातो कार्ड पाएका हुन् । रेफ्रीले भिएआरबाट नेइमारको पञ्च हेरेर सीधै रातो कार्ड दिएका हुन् ।
खेल मैदानमा गोन्जालेजले नेइमारलाई पछाडिबाट टाउकोमा हिर्काएका थिए । नेइमार र अल्भारो भन्दा अघि मार्सेइलीका बेनेडिट्टोले परेडेसलाई पछाडिबाट ताने, त्यसपछि परेडेसले बेनेडिट्टोलाई मैदानमा लडाएका थिए ।
गएराति भएको लिग वान अन्र्तगतको खेलमा मार्सेइलीसँग पिएसजी १–० ले पराजित भएको थियो ।