एजेन्सी - युइएफए नेसन्स लिग अन्र्तगत गत राति भएको खेलमा फ्रान्ससँग क्रोएसिया पराजित भएको छ ।
फ्रान्सले क्रोएसियामाथि ४–२ को जित निकालेको हो । खेलमा क्रोएसियाले १७ औं मिनेटमा डिजान लोभरेनको गोलबाट अग्रता लिएको थियो ।
तर खेलमा क्रोएसिया थप आक्रामक बन्न सकेन् । फलस्वरुप ४३ औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलमा फ्रान्स बराबरीमा फर्कियो ।
पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले आत्मघाती गोल गरेपछि फ्रान्सले फेरि सजिलै अग्रता लियो ।
त्यस्तै दोस्रो हाफको ५५ औं मिनेटमा क्रोएसियाका जोसेप ब्रेकालोले गोल गरेपछि फेरि क्रोएसिया खेलमा बराबरीमा फर्किएको थियो ।
तर ६५ औं मिनेटमा डायोट उपमेकानोले गाृल गर्दै फ्रान्सलाई अग्रता दिलाए । खेलमा क्रोएसियाका मार्सेलो ब्रोजोभिकलेले फल गरेपछि फ्रान्सले ७७औं मिनेटमा पेनाल्टी पायो ।
उक्त अवसरलाई ओलिभर जिरुउडले सदुपयोग गरेका थिए । लिगमा लगाएर विजयी भएको फ्रान्स समुहमा शीर्ष स्थानमा छ ।