काठमाडौं– गत अगस्ट २५ मा लियोनल मेस्सीले क्लब छोड्न चाहेको भन्दै बार्सिलोनालाई पत्र बुझाएका थिए ।
मेस्सीले बार्सिलोना छोड्ने खबर बाहिरिएपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीले आफ्नो क्लबमा मेस्सीलाई भित्राउने सक्दो प्रयास गरेको थियो । तर, उनको रिलिज क्लबमा राखिएको ७ सय मिलियन यूरोको कारण सकेको थिएन् ।
अन्ततः मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छने । उनी सोमबारबाट प्रशिक्षणमा फर्किएका हुन् । सोमबारको प्रशिक्षणमा मेस्सी र फिलिप कोन्टिन्होले एक्लाएक्लै प्रशिक्षण गरेका छन् ।
प्रशिक्षणमा फर्किपछि मेस्सीले छोराहरुका कारण बार्सिलोनामै बस्ने निर्णय गरेको बताएका छन् ।